पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना संक्रमण पुष्टि, एक जनाकाे निधन |
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ७६० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल नमुना परीक्षण गर्दा सो संख्यामा पुष्टि भएको हो । जसमध्ये पाँच हजार ९२६ पीसीआर परीक्षणमा ४९४ जना र तीन हजार ३३७ एन्टिजेन परीक्षणमा २६६ जनामा कोभिड १९ पाइएको हो ।
बिहीबार ३२४ जनाले कोरोना जितेका छन् । आज निधन हुने संक्रमितकाे संख्या एक जना रहेको छ ।
आज थपिएका संक्रमितमध्ये काठमाडौंका २४६ जना, ललितपुरका ८८ जना र भक्तपुरका १७ जना छन् ।
हाल देशभरमा सक्रिय संक्रमित पाँच हजार ६०२ जना रहेका छन् ।
Visited 1 times, 1 visit(s) today