भिभो स्मार्टफोननै किन किन्ने ? यस्ता छन् शीर्ष पाँच कारणहरू |
काठमाडौं । कुनै पनि देशको विकास र विस्तारमा प्रविधिले मुख्य सक्षमकर्ताको भूमिका खेल्दै आइरहेको हुन्छ । स्मार्टफोन टेक्नोलोजीमा भएको वृद्धि र यसले स्थापना गरेको कनेक्टिभिटीले स्वदेश र विदेशका संचारको खाडललाई अन्त्य गर्दै विश्वलाई नै अझ नजिक बनाएको छ ।
नेपालमा विशेष गरी, स्मार्टफोन टेक्नोलोजीको प्रभावले उपभोक्ताहरूका लागि उत्कृष्ट आविष्कारहरू ल्याउन एकअर्कासँग प्रतिस्पर्धा गर्ने स्मार्टफोन ब्रान्डहरूलाई जन्म दिएको छ, जसमध्ये भिभो पनि एक हो ।
भिभोले भी र वाई सिरिजअन्तर्गत नवीन डिजाइन र विशेषताहरू प्रदान गर्दै आइरहेको छ । साथै, ब्रान्डले आफ्नो क्यामेरा प्रणाली र अन्य नवीन विशेषताहरूको लागि नाम बनाउन सफल भएको छ । भिभोले नेपाली उपभोक्ताहरूको मन जित्न सफल भएको छ र उनीहरुसंग उल्लेखनीय सम्बन्ध निर्माण गर्दै आइरहेको छ, यसका टेवा पुर्याउने शिर्ष कारणहरु यस प्रकार रहेका छन् ।
क्यामेरा
भिभोले प्रयोगकर्ताको आवश्यकता अनुसार क्यामेरा प्रणालीमा विविध विकल्पह