नेपाली कांग्रेस अन्तर्गतका भातृ संगठनहरूलाई चुस्तदुरूस्त रूपमा अगाडि बढाऔँ ː महामन्त्री थापा |
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस अन्तर्गत रहेका सम्पूर्ण भातृ संगठनहरूलाई चुस्तदुरूस्त रूपमा अगाडि बढाउन आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित क्रियाशिल सदस्यहरू सँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भातृ संगठनहरूलाई आगामी संसदीय निर्वाचन लक्षित गरि अगाडि बढाउन आवश्यक रहेको बताए ।
संसदमा चलिरहेको जल्दाबल्दा विषयवस्तु प्रती कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने बताउदैँ उनले युवापुस्ताहरूलाई राजनितीमा अग्रसर गराउन आवश्यक रहेको समेत बताए ।
‘फोहोरमाथि महानगर भित्रै राजनिती भईरहेको र सरकारले नै फोहोर व्यवस्थापनमा अग्रणी भुमिका खेल्नुपर्ने’, काठमाडौं महानगरपालिका वडा–८ का अध्यक्ष आशामान संगतले बताए ।
‘नेतृत्वले पार्टी भित्रै रहेर पनि फरक मत राख्ने नेता, कार्यकर्ताहरूलाई समेट्दै अगाडि बढ्न’, बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले आग्रह गरे ।
त्यस्तै, कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा, वागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्य, काठमाडौं महानगरपालिका वडा–८ का वडाअध्यक्ष आशामान संगत, नेपाली कांग्रेस क्षेत्र नं–४ का सभापति श्याम संगत, कामनपा वडा नं–७ का वडाअध्यक्ष विमल होडा तथा कामनपा–८ का वडासदस्य लगायतका क्रियाशिल सदस्यहरूको सहभागीता रहेको थियो ।
Visited 1 times, 1 visit(s) today