गणपति लघुवित्तको खुद नाफा ५४.७५% ले घट्यो |
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको आन्तिम त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्ममा संस्थाको खुद नाफामा भारी गिरावट आएको छ । खुद नाफा ५४.७५% ले घटेर १ करोड ८६ लाख १६ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले ४ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो। यस लघुवित्तको खुद व्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै यसको नाफामा गिरावट आएको हो । यसले १ करोड ५१ लाख रुपैयाँ राइट ब्याक गरेको छ ।
असार मसान्तसम्म आइपुग्दा यसको रिजर्भ कोष १३.६५% ले घटेको छ । यसको रिजर्भमा ४ करोड ७८ लाख ३३ रुपैयाँ जम्मा भएको छ भने कस्ट अफ फन्ड बढेको छ । खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५ पैसाले घटेर १२ रुपैयाँ २८ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ५६ पैसा रहेको छ ।