साउन २४ देखि धौलागिरी लघुवित्तको आईपीओ निष्कासन हुँदै |
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि सार्वजनिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । जसको बिक्री प्रवन्धकमा सनराईज क्यापिटल लिमिटेड रहेको छ ।
हाल उक्त कम्पनीको चुक्ता पुँजी ७ करोड रूपैयाँ रहेकोमा सार्वजनिक शेयर निष्कासन पश्चात १० करोड ३१ लाख रूपैयाँ पुग्नेछ । हाल ७ करोड पुँजी रहेको कम्पनीको अपरिस्कृत वित्तीय विवरण बमोजिम जगेडा तथा कोषमा रु ११ करोड रहेको छ । जसबाट प्रतिशेयर नेटवर्थ २५७ रुपैयाँ हुन आउँछ ।
कम्पनीको संचित नाफा नोक्सानी समेत ४.६ करोड रूपैयाँभन्दा माथि रहेकोले सार्वजनिक शेयर निश्कासन पश्चात् समेत शेयरधनीहरुको लागि ४० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्ने क्षमता रहेको वित्तीय विवरणले देखाउछ । हाल राष्ट्रिय स्तरको उक्त लघुवित्त कम्पनीले ४४ वटा शाखा कार्यालयबाट सेवा विस्तार गर्दै आईरहेको छ । जसबाट करिब ३६ हजार ग्राहकहरु मार्फत कुल १४४ करोड कर्जा विस्तार र ६८ करोड बचत संकलन गरेको छ । आ.ब. २०७८/०७९ को अपरिस्कृत वित्तीय विवरण बमोजिम उक्त कम्पनीको पैसा प्रतिशेयर आम्दानी ३७.२५ पैसा रहेको छ ।