सिभिल बैंकका ग्राहकलाई विभिन्न साझेदारहरु मार्फत छुटै छुटको वर्षा |
काठमाडौं । सिभिल बैंकले आफ्नो ग्राहकहरुलाई उपलब्ध गराउन सकिने थप सुविधाहरुमा केन्द्रित भएर विभिन्न साझेदारहरुसँग समन्वय गरी आफ्नो ग्राहकलाई विशेष छुटको व्यवस्था गरेको छ ।
सिभिल बैंकका ग्राहकहरुले अव निम्न साझेदारहरुबाट विभिन्न बस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको बिद्युतिय भुक्तानी प्रणाली “सिभिल स्मार्ट – मोवाइल बैंकिङ्ग एप” अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा निम्न वमोजिमका आकर्षक छुटहरु पाउने व्यवस्था गरेको छ ।
बैंकले हालसम्म यस्ता विभिन्न ४० साझेदारहरुसँग ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्वन्धमा सम्झौता गरिसकेको छ । यसका साथै बैंकले आगामी दिनहरुमा यसको परिधि बढाई अन्य संघ संस्थाहरुसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोला बहादुर विष्टले बताए ।
बैंकले मोरङको तन्किसिनवारीस्थित बिराट मेडिकल कलेज तथा टिजिङ अस्पतालमा १० प्रतिशत, झापाको दमक निम्स नेशनल अस्पतालमा १० प्रतिशत, बिर्तामाडको बिरताआई केयरमा ओपिडीमा २० प्रतिशत, औषधीमा ५ प्रतिशत तथा शल्यक्रिया १० प्रतिशत र ल्याबमा पाँच प्रतिशतको छुट दिने भएको छ । यसैगरी, बिर्तामोडस्थित बिर्ता ग्रीन प्यालेसमा १० प्रतिशत खाना तथा पेय पदार्थ र १० प्रतिशत कोठामा छुट पाइनेछ । इलामको फिक्कलमा रहेको होटल इस्टन ब्लुमा ८ प्रतिशत, झापाको अर्जुनधारा,७स्थित डाँडाघरे रेस्टुरेन्टमा खानामा १५ प्रतिशत, पेय पदार्थमा १० प्रतिशत र कोठामा १० प्रतिशतको छुट पाइने भएको छ ।
यसैगरी, बिरगंजमा रहेको सुर्या हस्पिटलको शुल्क तिर्दा फार्मेसीमा १० प्रतिशत, होल बडि चेकअपको प्याकेजमा २० प्रतिशत, बेड चार्ज, ल्याब चार्ज, रेडियोलोजी प्रक्रिया १५ प्रतिशत तथा क्यूआर मार्फत तिर्दा थप ३ प्रतिशत छुट पाउन सकिनेछ ।
धनगढि ४ मा रहेको द रुबस होटलमा १० प्रतिशत, माया मेट्रो अस्पतालमा विभिन्न सेवामा १० प्रतिशत र धनगढि ३ मा भएको नवजीवन अस्पतालमा १० प्रतिशत र रोस्यो हस्पिटलीटीमा ५ प्रतिशतसम्म छुट पाउन सकिनेछ । यसैगरी, बैंकले मोवाइल बैंकिङ्ग एप” अथवा एटियम कार्डको प्रयोग गरी भुक्तानी गर्दा कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चर प्राली, निसर्घ हस्पिटल एण्ड रिसर्च सेन्टरले दिने सेवामा ५ देखि १५ प्रतिशतसम्मको छुट, होटल न्यू आनन्द कन्चनपुर प्रालीमा १० देखि २० प्रतिशत छुट र युनाइटेड डाइग्नोस्टिक ल्याबरोटरी एण्ड रिसर्च सेन्टरमा १० देखि १५ प्रतिशतसम्म छुट दिने भएको छ ।
करीव आठ लाख ग्राहकहरु तथा ११५ शाखाहरु रहेको सिभिल बैंकको हालसम्म १३ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले गत आषाढ मसान्त सम्म ९६ अर्व रूपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८७ अर्व रूपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेको छ।