दिव्यश्वरी हाइड्रोपावर को नोक्सानी घट्यो |
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा दिव्यश्वरी १ करोड ७३ लाख नोक्सानमा रहेको छ ।
अघिल्लो आर्थिक वर्षको यसैअवधिमा कम्पनी ३ करोड ३ लाख रुपैयाँ नोक्सानमा थियो । यसआधारमा नोक्सान घट्दै गएको देखिन्छ । यता, असार मसान्तसम्ममा कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी भने २८% ले बढाएर ८ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यसले विद्युत् बिक्रीबाट ७ करोड १ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहको छ भने जगेडा कोष २२ करोड २७ लाख रुपैयाँ ऋणात्मक छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५८ पैसा ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १५ रुपैयाँ ६१ पैसा रहेको छ ।