घोराही सिमेन्टले प्रिमियममा आइपीओ बिक्री गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति |
काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले प्रिमियम भाउमा आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो ।
जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावित स्थानीय र ७५ लाख ४६ हजार ६११ कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।
घोराहीले आयोजना प्रभावित स्थानीयलाई फेस भ्याल्यू १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँ र सर्वसाधारणलाई ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँको दरले आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ ।
घोराहीको आइपीओमा हिमालयन क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।