जाल्पा सामुदायिकको खुद नाफा ४.६७% ले घट्यो |
काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको खुद नाफा ४.६७% ले घटेको छ । अघिल्लो वर्ष १० करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएकामा गत आसार मसान्तमा ४.६७% ले घटेर ९ करोड ८६ लाख रुपैयाँमा आएको हो ।
जाल्पाको खुद ब्याज आम्दानी ३६.२०% ले बढेपनि सञ्चालन नाफा १.४५% ले घटेपछि खुद नाफा प्रभावित भएको हो ।
यता, आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४८.४२% ले बढेर १६ करोड रुपैयाँ पुगेको छ । रिजर्भ कोषमा ४७ करोड २६ लाख जम्मा भएको छ । असार मसान्तसम्म आइपुग्दा जाल्पाको प्रतिसेयर आम्दानी ६१ रुपैयाँ ६६ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ भने ३४७ रुपैयाँ ७० पैसा रहेको छ ।