आँखुखोला जलविद्युतको नाफा उल्लेख्य बढ्यो |
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा उल्लेख्य बढेको छ।
गत असार मसान्तसम्ममा कम्पनीले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा २ हजार २५८.६५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा १० लाख ५२ हजार रुपैयाँ मात्र थियो।
सो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी १५.१९ प्रतिशत बढेर २२ करोड २९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल नाफा ११.६८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १५.०२ प्रतिशत बढेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ ९७ पैसा बढेर ३ रुपैयाँ १० पैसा पुगेको छ।
असार मसान्तसम्ममा ८० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने २३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ