नेसनल हाइड्रोपावर अझै १ करोड ७४ लाख रुपैयाँले घाटामा |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नेसनल हाइड्रोपावर १ करोड ७४ लाख रुपैयाँ नोक्सानमा रहेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनी २ करोड २१ लाख ८२ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
यसअवधिमा यसको विद्युत् बिक्रीबाट हुने आम्दानी भने बढेको छ । एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी भने ९३.५०% ले बढेर ४ करोड ९१ लाख रुपैयाँ कायम भएको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीमार्फत २ करोड ५४ रुपैयाँ आम्दानी गरेको थियो । हाल यसको चुक्ता पुँजी १ अर्ब ६४ करोड २५ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने १ करोड ७० लाख रुपैयाँ रहेको छ ।
असार मसान्तसम्ममा यसको प्रतिसेयर आम्दानी वार्षिक ०.८६ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ९४ पैसा छ ।