इन्टर कलेज स्टक पिचिङ कम्पिटिसनको विजेताहरु प्रभु सेलेक्ट फन्डबाट पुरस्कृत |
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडकाे प्रायाेजनमा र कुसोम (KUSOM) फाइनान्स क्लबले आयोजना गरेको इन्टर कलेज स्टक पिचिङ प्रतियोगिताको सम्पन्न भएकाे छ । शेयर बजार सम्बन्धी साक्षरता अभिवृद्धि गर्ने उद्धेश्यले प्रभु क्यापिटलको सहयोगमा भएको उक्त प्रतियोगिता काठमाडौं युनिर्भसिटी, धुलिखेलमा भएको थियाे ।
प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयर सचेतना अभिवृद्धिकालागि समयसमयमा विभिन्न वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सोही क्रममा उक्त प्रतियोगितामा विभिन्न कलेजका ११ टिमले भाग लिएका थिए । जसमा प्रतियोगीले नेप्सेमा सुचिकृत भएका कम्पनीहरु मध्ये बाई अथवा सेलको लागि विभिन्न फन्डामेन्टल र टेक्निकल एनालाईसिसमा आफ्नो प्रस्तुति दिएका थिए ।
उक्त कार्यक्रममा जज प्यानलको रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा रहनुका साथै KUSOM कलेजका एसिस्टेन्ट प्रोफेसर पवन कुमार झा तथा रमेश घिमिरे रहेका थिए ।
प्रतियोगितामा टिम “स्टक जेम्स” पहिलो विजेता भए भने दोस्रो विजेता टिम “स्वीप्रबी” घोषित भएका छन् । प्रतियोगितामा प्रथम विजेता टिमलाई प्रभु क्यापिटलको १० हजार रुपैयाँ बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ भने दोस्रो विजेता टिम ५ हजार रुपैयाँ बराबरको प्रभु सेलेक्ट फन्ड प्रदान गरिएको छ ।