सीआईसी नेपाल लघुवित्तले ५५.०८% ले बढायो नाफा |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सीवाईसी नेपाल लघुवित्तले ८ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमा भन्दा ५५.०८% ले बढी हो ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको सञ्चालन नाफा ६२.११% र खुद ब्याज आम्दानी ५७.२३% ले बढेको छ ।
असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ०३ पैसा (वार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा छ । यसको खराब कर्जा ४.८४% बाट घटेर १.९५% मा झरेको छ ।
सीवाइसीले वैशाखमा ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो ।