आशा लघुवित्तको नाफा १२ करोड ३५ लाख रुपैयाँ |
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १२ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.४४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १२ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य बढेपनि सम्भावित जोखिम बापत धेरै रकम छुट्याएका कारण खुद नाफा बढ्न नसकेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९.४७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १९.८७ प्रतिशत बढेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ३.८९ प्रतिशत घटेको छ।
खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १६ पैसा बढेर ३७ रुपैयाँ १ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३२.४२ गुणा रहेको छ भन प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६७ पैसा रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजीमा कुनै परिवर्तन भएको छैन भने जगेडा कोष १२१.३३ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी २६.१३ प्रतिशत, निक्षेप ३४.६२ प्रतिशत र कर्जा ३०.९९ प्रतिशत बढेको छ।