राष्ट्रव्यापी वक्तृत्व कला प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुँदै |
काठमाडाैं । राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै सौहार्द लिओ क्लब अफ काठमाडौँ सौहार्दले राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्ने भएको छ।
गत वर्ष झैँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा क्लबले लायन्स क्लब अफ काठमाडौं न्यू ग्रीन सिटी सँगको संयुक्त आयोजना तथा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद् र ग्रीन रेन्जर अर्थसँगको सहकार्यमा उक्त प्रतियोगिता सञ्चालन गर्न लागेको हो। अगस्ट १ देखि १२ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता प्रथम संस्करणभन्दा पृथक ढङ्गबाट विभिन्न तीन चरणमा सञ्चालन हुनेछ।
पहिलो चरणमा भिडियो मार्फत पठाएका वक्तृत्वमध्येबाट प्रत्येक प्रदेशबाट २०/२० जना छनोट हुनेछन्, दोस्रो चरणमा छनोट भएका २० प्रतिस्पर्धी मध्येबाट भर्चुअल प्रतिस्पर्धाद्वारा प्रत्येक प्रदेशबाट १/१ जना गरी ७ विजेता हरू घोषणा गरिनेछ र अन्तिम चरणमा ७ विजेता साथै ३ जना वाइल्ड कार्डबाट गरी १० जना प्रतिस्पर्धीबीच प्रत्यक्ष उपस्थितिमा का्ठमाडौँमा भव्य समारोहका बीच प्रतिस्पर्धा हुनेछ।
गत वर्ष समेत भव्यताका साथ उक्त प्रतियोगिता सम्पन्न गरेको क्लबले हाल प्रतियोगिताको पुरस्कार राशि बढाएर ३०००० पुर्याएको छ। यस प्रतियोगितामार्फत युवा सशक्तीकरण गर्नुका साथै बढी भन्दा बढी व्यक्ति सहभागी गराइ सातै प्रदेशमा लुप्त रहेका वक्तृत्व सम्बन्धी कलालाई प्रस्फुटन गरी देशका समसामयिक विषयमा नयाँ पुस्ताका विविध धारणा एवम् अभिव्यक्तिलाई प्रस्तुत गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ।
यस प्रतियोगिताका निम्ति जुलाई ३१ गते सम्म अनलाइन दर्ता फाराम भर्न सकिनेछ।
बिस्तृत जानकारीको लागि तल दिइएको लिङ्कमा जानसक्नुहुन्छ;