प्रभु क्यापिटलले ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ निष्काशन तथा बिक्री प्रबन्ध गर्ने |
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडबीच बुधबार फर्मास्यूटिकल्सको कार्यालय बानेश्वरमा सर्वसाधारणमा आईपीओ निष्काशन गर्नकोलागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्सका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।
गैर आवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध तथा इयू फार्मा टेक्निकल सपाेर्ट रही ओम मेगाश्री फर्मास्यूटिकल्सको औषधी उत्पादन गर्ने उद्योग भरतपुर २९, चितवनमा रहेकाे यस कम्पनीले युरोपियन गुड म्यानुफ्याक्चरिंग प्र्याक्टिसेज स्टान्डर्डस् अनुसार औषधी उत्पादन गर्ने गरेकाे छ । सर्वप्रथम, नेपाल सरकार औषधी व्यवस्था विभागमा जम्मा ५६ प्रकारका औषधी उत्पादनकोलागि प्रकृया शुरु गरेको थियाे । हाल भने ३१ प्रकारका विभिन्न औषधीहरु उत्पादन गर्नकोलागि अनुमती प्राप्त भईसकेको छ र बाँकी उत्पादन स्वीकृतिको प्रकृयामा रहेको छ ।
यसैगरी, फर्मास्यूटिकल्स क्षेत्रमा पहिलो भई सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय कम्पनीले गरेकोले अब अन्य फर्मास्यूटिकल्सलाई समेत बाटो खुलेको कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए ।