प्रभु क्यापिटलकाे “क्यासटिभल अफर” सञ्चालनमा |
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्नो हितग्राही सदस्यका लागि यहीँ साउन महिना देखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै प्रभु कयापिटलले "क्यासटिभल अफर" ल्याएको छ।
यो योजना साउन महिना देखि कार्तिक महिनाको छठ पर्व सम्म सञ्चालन हुनेछ । यस अफर क्यासटिभल अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले एक लाख रुपैयाँसम्म जित्नसक्ने कम्पनीले जनाएको छ । प्रभु क्यापिटलले नेपाली पूँजी बजारमा भिडियो केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याइसकेकाे छ ।
योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलका प्रभु क्यापिटल डिजिटल एप डाउनलोड गर्नुपर्नेछ र सो मा रजिस्टर गरी आफ्नो डिम्याट खाता लिंक/कनेक्ट गर्नुपर्नेछ ।
यो अफरमा मासिक रुपमा ३ जना विजेताले पाँच हजार रुपैयाँ, तीन हजार रुपैयाँ र दुई हजार रुपैयाँ जित्न सकिनेछ भने बम्पर योजनामा सम्पूर्ण सहभागीहरु मध्ये एक जना भाग्यशाली विजताले एक लाख रुपैयँ जित्न सक्नेछन् ।
यो योजना हालसम्म एप डाउनलोड गरेका हितग्राहीको हकमा समेत लागू हुनेछ ।