लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि खुलामुखी म्युचुअल फन्ड योजना निष्कासन गर्ने |
काठमाडौं । लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि खुलामुखी म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ । क्यापिटलले ‘शुभ लक्ष्मी कोष’ को कुल ५ करोड इकाई निष्कासन गर्न लागेको हो ।
जसमध्ये ७५ लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% विज पुँजीवापत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले जनाएको छ ।
लक्ष्मीको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो खुलामुखी योजना हो । यसमा साउन २३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ २ गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।