एभरेष्ट बैंकको नाफा ४३.७७% ले बढ्यो |
काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकको खुद नाफा ४३.७७% ले बढेर २ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बैंकले वितरणयोग्य नाफामा पनि आकर्षक सुधार गरेको छ । अघिल्लो वर्ष २ अर्ब ३६ करोड रुपैयाँ मात्र रहेको वितरणयोग्य नाफा अहिले बढेर ३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढ्न पुगेको छ । बैंकको खुद ब्याज आम्दानी ३७.१५% ले बढेर ५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ अर्ब ९५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि ४२.८२% ले बढेर ३ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४५ पैसाले बढेर २७ रुपैयाँ ०१ पैसा पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा छ ।