राधी विद्युतलाई १४७% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डको अनुमति |
काठमाडौं । राधी विद्युत कम्पनीले १४७% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले १ः१४७५२ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९०० रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।
हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।