विश्व हिन्दू परिषद् नेपालको जिल्ला स्तरिय समिति पुणर्गठन |
काठमाडौं । विश्व हिन्दू परिषद् नेपालको काठमाडौं जिल्ला समिति पुणर्गठन भएको छ ।
विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय अध्यक्ष टिका बहादुर पहारी, महासचिव जितेन्द्र कुमार सिंह, संगठन सचिव प्रल्हाद कुमार एवं काठमाडौं उपत्यका संयोजक बाबु शरण सुवेदीको विशेष उपस्थितिमा साउन ७ गते जाउलाखेलस्थित सम्पर्क कार्यालयमा आयोजित एक समारोहबीच समिति पुनर्गठन गरिएको हो ।
धार्मिक अभियान्ता एवं अधिवक्ता तुलसी राम पोख्रेलको अध्यक्षतामा १९ सदस्य समिति पुनर्गठन गरिएको हो । समिति गठन कार्यक्रममा विभिन्न धार्मिक सामाजिक अभियान्ता लगायत परिषदका स्थानीय कार्यकर्ता एवं स्थानीयबासी समेतको उपस्थिति रहेको थियो ।
Visited 1 times, 1 visit(s) today