समृद्धि राई र याबेश थापाको साथ ब्राण्ड न्यू म्यूजिक क्याम्पेन लञ्च गर्दै राकुटेन भाइबर |
काठमाडौं । राकुटेन भाइबरले यस वर्षको आफ्नो सांगीतिक अभियानलाई गतिमान् बनाउन कलाकारहरू समृद्धि राई र याबेश थापा (क्लास * प्रेजेन्टेसन) लाई अनुबन्ध गरेको छ।
पृथक शैलीबाट फ्यानहरूलाई आफ्ना मन पर्ने कलाकारहरूको समिप ल्याउन भाइबर निरन्तर लागिपरेको र यो वर्ष विश्वव्यापी मेसेजिङ प्लेटफर्मबाट प्रयोगकर्ताहरूले आशा गर्न सक्ने धेरै रोमाञ्चक चीजहरू मध्ये यो एक मात्र हो, भाइबरले बताएको छ।
राई र थापाका फ्यानहरूले थप रमाइलो र रोचक कुराकानीको अपेक्षा गर्न सक्छन् किनभने भाइबरले दुवै कलाकारका लोकप्रिय हिट गीतहरू सहितको अडियो स्टिकर प्याक, सांगीतिक कुराकानी लञ्च गर्ने जनाएको छ।
भाइबरले दुई कलाकारहरूको नाममा विशेष च्यानल भने सार्वजनिक गरी सकेको छ ।
भाइबरका अनुसार आफ्ना च्यानलका लागि रमाइलो गतिविधिहरू आयोजना गर्दै अगस्ट र सेप्टेम्बर महिनाभरका लागि राई र थापा पालैपालो च्यानलका एडमिन हुनेछन्। स्टिकर प्याक डाउन्लोड गरी फ्यानहरू भर्चूअल्ली गायकसँग नजिक हुन सक्नेछन्।
जसपश्चात, उनीहरू स्वत च्यानल जोइन हने छन् र दुवै कलाकारहरूको गतिविधि, विशेष कण्टेण्टहरूको बारेमा दैनिक अपडेट पाउनेछन् र मिनि गेम, सवाल र जवाफ, र क्वीजहरुमार्फत् उनीहरूसँग सिधै अन्तरक्रिया गर्ने दूर्लभ अवसर पनि पाउनेछन्। मिनी इभेण्टका भाग्यशाली विजेताहरूले दुई कलाकारको हस्ताक्षरित विशेष पुरस्कारहरू प्राप्त गर्नेछन्।
यसका साथै यदि त्यो पनि प्रयोगकर्ताहरूलाई उत्साहित बनाउन पर्याप्त नभएमा, आगामी दिनहरूमा भाइबरले दुई कलाकारको गीतहरू फिचर गरी अन्तरक्रियात्मक म्यूजिकल लेन्सहरू पनि लञ्च गर्ने घोषणा गरेको छ। एपमा अब प्रयोगकर्ताहरूले अझ परिष्कृत गरिएको एक्सप्रेसिभ मोड र नयाँ म्यूजिक थिम भएको फिचरहरूको मज्जा लिन सक्नेछन्।
भाइबरसँग सहकार्य गर्न पाएकोमा दुवै कलाकार उत्साहित भएका छन्।
जुलाई २५ ,२०२२ मा सार्वजनिक गर्ने अपेक्षा गरिएको सांगीतिक कुराकानी अडियो स्टिकर प्याकको साथ अब फ्यानहरूले भाइबर च्यानल जोइन गर्न सक्नेछन्। र अन्तरक्रियात्मक सांगीतिक लेन्सहरू भने यसै वर्षको सेप्टेम्बर मसान्ततिर लञ्च गरिने अपेक्षा गरिएको छ।