अन्नपूर्ण केबलकारको मनसुन अफर, २०% छुट |

काठमाडौं । पोखराको अन्नपूर्ण केबलकार साउन ६ गतेदेखि नियमित संचालनमा आउने भएको छ । यसअघि साउन ७ गतेसम्म बन्द हुने भनिएकामा मर्मत सकिएकाले तोकिएको मितिभन्दा एक दिनअघि नै सञ्चालनमा आउने भएको हो । केबुलकारले नेपाली ग्राहकहरुको लागि साउन ६ गते देखि भदौ ३१ गतेसम्म २०% प्रतिशत छुट दिने घोषणा गरेको छ ।
पोखरा उपत्यकाको लेकसाईड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढी सराङकोटमा साउन महिनामा कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरबारसम्मको पैदल यात्रा गर्न सकिनेछ । साथै अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरी हिमालका श्रृखलासंगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबुलकार परिसरमै सुबिधा सम्पन्न रेष्टुरेन्ट सेवा, कफी सप, रेष्टुरेन्टबाट चारै तर्पmको आनन्ददायी मनोमोहक दृश्य तथा जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लीङको समेत साहसिक अनुभव लिन सकिनेछ ।
साथै केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडा लगायतका दृश्यहरु पनि हेर्न सकिनेछ । पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ । यात्रुहरुको सुविधाको लागि लेकसाईडदेखि केवलकारको तल्लो स्टेशनमा सटल बसको व्यवस्था गरेको कम्पनीले जनाएको छ । केबलकार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ ।