लुम्बिनी विकास बैंकको सीईओमा पुनः बोहरा |

काठमाडौं । लुम्बिनी विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः नरेश सिंह बोहरा नियुक्त गरेको छ। साउन २ देखि लागु हुने गरी बैंकले ४ बर्षे कार्यकालका लागि उनलाई नियुक्त गरेको हो ।
नियुक्तिपछिको पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवीण कृष्ण श्रेष्ठ, बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल, नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, विभागीय प्रमुखहरु, शाखा प्रबन्धकहरू लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
बोहराले सो बैंकमा आफ्नो पहिलो कार्यकालमा उल्लेख्य सफलता हासिल गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उनको कार्यकालमा चुक्ता पु‘जी २.१० अर्बबाट बृद्धि भएर ३.२८ अर्ब पुगेको बैंकले जनाएको छ । बैंकको निक्षेप २२.९६ अर्बबाट बृद्धि भएर ४५.१४ अर्ब पुगेको छ भने कर्जा लगानी २२.७५ अर्बबाट बृद्धि भएर ४१.१३ अर्ब पुगेको छ ।