जीवन बीमा कम्पनीहरुले १३९ अर्बभन्दा धेरै बीमाशुल्क आर्जन गरे, नेपाल लाइफको २५ प्रतिशत हिस्सा |
काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ सम्ममा १ खर्ब ३९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिकाे तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुले एक वर्षमा सो बराबरको बीमाशुल्क संकलन गर्न सफल भएका हुन् ।
जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २५ प्रतिशत भन्दा धेरै रकम नेपाल लाइफ एक्लैले संकलन गरेको छ । नेपाल लाइफले यस अवधिमा ३५ अर्ब ३५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकाे हाे । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको २५.४२ प्रतिशत हुन आउँछ ।
नेपाल लाइफ पछि एलआईसी नेपालले १८ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यो कुल बीमाशुल्कको १३.१० प्रतिशत हो ।
यस्तै नेशनल लाइफले पनि १४ अर्ब १३ करोड रुपैयाँ कुल बीमाशुलक आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको १०.१६ प्रतिशत हो ।