आजदेखि थप ५ जिल्लाबाट पनि अनलाइनमार्फत मतदाता नामावली भर्न पाइने |
काठमाडौं । निर्वाचन आयोगले काठमाडौं उपत्यकाबाट सुरु गरेको अनलाइन मतदाता नामावली फाराम भर्ने व्यवस्था थप ५ जिल्लामा विस्तार गरेको छ ।
आयोगका अनुसार आज (साउन ४ गते) बाट चितवन, कास्की, मोरङ, काभ्रेपलाञ्चोक र झापाबाट अनलाइन फारम भर्न सकिने जनाएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा भने असार २९ गतेदेखि नै अनलाइन फारम भर्न सकिने व्यवस्था मिलाइएको थियो ।
अनलाइन फारम भरिसकेपछि प्राप्त संकेत नम्बर, नागरिकता लगायतका परिचय पत्रसहित फोटो खिचाउन र औंठा छाप लगाउन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्छ । यसअघि नै मतदाता नामावलीमा नाम लेखाइसकेकाहरुले भने फेरि नाम लेखाउन नपर्ने निर्वाचन आयोगले जनाएको छ ।
Visited 1 times, 1 visit(s) today