सात ट्राभल्स एजेन्सीले पाए अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको स्वीकृत (सूचीसहित) |
काठमाडौं । सात ट्राभल्स एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको स्वीकृती पाएका छन् । नेपाल राष्ट्र बैंकले ७ वटा ट्राभल एजेन्सीहरुलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको लागि स्वीकृत दिएको हो ।
सितारा ट्राभल्स, गोचाली टुर एन्ड ट्राभल्स, रेजेन्सी नेपाल ट्राभल्स, ओर्बिट इन्टरनेसनल ट्राभल्स, सुरुची ट्राभल्स, सीलिंक र सक्सेस ट्राभल्स एन्ड टुर प्रालीले अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको स्वीकृती पाएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले गत असार १३ गते सूचना जारी गर्दै अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता कम्पनीहरुलाई दर्ता हुन भनेको थियो । दर्ताका लागि आएका ट्राभल एजेन्सीहरु मध्ये रीत पुर्वक पेश भएका निवेदन र तोकिएको योग्यता पुगेका ७ वटा एजेन्सीलाई राष्ट्र बैंकले खरिद विनियमावली, २०७१ को मौजुदा सूचीमा समावेश गरेको हो ।