नेष्डो समृद्ध लघुवित्तको सञ्चालकमा श्रेष्ठ र हमाल |

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा एन्जल श्रेष्ठ र विप्लव हमाल नियुक्त भएका छन् ।
संस्थाको प्रवन्धपत्र बमोजिम ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । उक्त ७ सदस्यीय सञ्चालक समितिमा ४ जना संस्थापक समूहवाट, १ जना स्वतन्त्र सञ्चालक र २ जना सर्वसाधारण समूहवाट समितिमा प्रतिनिधित्व रहने व्यवस्था छ ।
असार ३१ गते सम्पन्न लघुवित्तको तेस्रो वार्षिक साधारण सभामा सर्वसाधारण समूहबाट श्रेष्ठ र हमाल सञ्चालक पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
एन्जल श्रेष्ठ चन्द्रागिरी इन्भेष्टमेन्ट ग्रुपका सदस्य हुन् ।