आरएसडीसी लघुवित्त बन्यो वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी, नाफा र ईपीएस दुबै बढ्यो |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा आरएसडीसी लघुवित्तले १३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसैअवधिमाभन्दा ४८.४५% ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ९ करोड १० लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा सञ्चालन नाफा ४९.६५% र खुद ब्याज आम्दानी ४६.३६% ले बढेको छ ।
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी अर्थात ईपीएस ४ रुपैयाँ ३५ पैसाले बढेर १६ रुपैयाँ ७९ पैसा कायम भएको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४४ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ छ । यसको खराब कर्जा ०..९९% बाट घटेर ०.४९% पुगेको छ ।
असार मसान्तमा कम्पनीको मूल्य आम्दानी अनुपात ३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ३७.०९ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ५१.१४ प्रतिशत र कर्जा ५५.९६ प्रतिशत बढेको छ।