आइपीओ प्रस्ताव पारित गर्न माई खोला हाइड्रोपावर र सगरमाथा जलविद्युतले बोलाए एजीएम |
काठमाडौं । आइपीओ प्रस्तावसहित माई खोला हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीले आर्थिक वर्ष २०७८–७९ को वार्षिक साधारण सभा बोलाएका छन् । माई खोलाले आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्न साउन २५ गते वार्षिक साधारण सभा गर्ने भएको छ । यस्तै, कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई करबाहेक १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ ।
माई खोलाले सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने र सञ्चालक समितिका सदस्यहरुको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभा माई खोलाको केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
यता, सगरमाथा जलविद्युत कम्पनीले पनि आइपीओ जारी गर्ने विशेष प्रस्तावसहित साउन २५ गते नै वार्षिक साधारण सभा गर्ने भएको छ । यस्तै, सेयरधनीहरुलाई करबाहेक १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहेको छ । सगरमाथाको साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ः३० बजे सुरु हुनेछ ।