कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दाहाल |

काठमाडौं । कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन् ।
बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारीमा थिए । उनले यसअघि एनएमबी, एन.आई.सि एसिया र नबिल बैंकसँग आबद्ध भएर पनि काम गरेका थिए ।