१५० सीसी माथिका मोटरसाइकल पनि आयात गर्न रोक |
काठमाडौं । सरकारले सवारीसाधन आयातमा थप कडाई गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसअघि बैशाख १४ गते लगाएको आयात प्रतिबन्धलाई थप कडाई गर्दै १५० सीसी माथिका मोटरसाइकलमापनि आयातमा प्रतिबन्ध लगाएको हो ।
उद्योग मनत्रालयले आइतबार राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी भदौं १४ गतेसम्म आयातमा प्रतिबन्ध लगाएको हो ।
बैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो । यस अघि ठूला गाडी आयातमा रोक लागाइएपनि २५० सीसीसम्मका मोटरसाइकल आयात गर्न दिइएको को थियो ।
यो पटक भने १५० सीसी माथिका सबै मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ ।
योसँगै पेट्रोलियम पदार्थबाट चल्ने जीप, कार, भ्यानमा प्रतिबन्धलाई पनि निरन्तरता दिएको जनाएको छ ।
गाडीको साथै सबै किसिमका कुकुरे, कुर्मुरे जस्ता खाध्य बस्तु, ३२ इन्च माथिका टेलिभिजन, चुरोट तथा सूर्तिजन्य उत्पादन तथा मदिराल लगाएतका समाना आयातमा प्रतिबन्ध कायम राखेको छ ।