३८ हजारमाथिका मोबाइल आयातमा प्रतिबन्ध |
काठमाडौं । सरकारले विलासी बस्तुको आयातमा थप कडाई गर्दै ३८ हजार माथिका मोबाइल आयातमा प्रतिबन्ध लगाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३०० अमेरिकी डरभन्दा बढी मूल्यका मोबाइल प्रतिबन्ध लगाएको हो ।
बैशाख १४ गते लगाइएको आयात प्रतिबन्धमा ६०० अमेरिकी डलरसम्म मूल्य भएका मोबाइल सेटको प्रतिबन्ध लगाएको थियो ।
सरकारले भदौ १४ सम्मको लागि ६०० डलरबाट घटाएर ३०० डलरसम्मका मोबाइल प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
राजपत्रमा प्रकाशित सूचनामा २०७९ साउन १ गतेभन्दा अगाडि बैंकिङ माध्यमबाट आयातको प्रकिया सम्पन्न भैसकेका ३०० देखि ६०० डलरसम्म मूल्य भएका मोबाइल सेटको हकमा आयात प्रतिबन्ध नलाग्ने उल्लेख गरिएको छ ।
सरकारले कम मूल्यका फोनमा समेत आयात प्रतिबन्ध लगाएपछि मोबाइल व्यवसायी सशंकित बनेका छन । मोबाइल आयातमा थप कडाइले व्यवसाय बन्द गनुपर्ने अवस्थामा सरकारले पुर्याएको व्यवसायीको आरोप छ ।