जडिबुटीमा सञ्चालित पुनर्स्थापना केन्द्रलाई सनराइज बैंकको आर्थिक सहयोग |
काठमाडौं । सनराइज बैंकले जडिबुटीस्थित नरेफाटमा सञ्चालित ‘विशेष स्कुल तथा पुनस्थापना केन्द्र’ लाई सहयोग गरेको छ ।
अटिजम भएका बालबालिकाका लागि सञ्चालित गैर नाफा मूलक उक्त संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले संस्थाका अध्यक्ष सबिता उप्रेतीलाई एक लाख पचास हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी हुन् । बैंकले सहयाेग गरेको उक्त रकम संस्थाको नयाँ भवन निर्माणका लागि प्रयोग गरिने छ ।