बर्जर पेन्ट्स नेपालद्वारा बर्जर फेस्टिभ राईडका विजेताहरुको घोषणा |
काठमाडौँ । विगत २ दशकदेखि सजावटी पेन्ट उत्पादनमा अग्रणी स्थानमा रहँदै आएको बर्जर पेन्ट्सको बर्जर फेस्टिभ राईड ग्राहक योजना अन्तर्गत बम्पर पुरस्कार यामाहाको एफजेड – २५को विजेता अर्जुन भट्ट भएका छन् ।
२०७८ सालको दशैं तिहारको अवसरमा संचालन गरिएको यस योजना अन्तर्गत ग्राहकहरुले चयन गरिएका बर्जर पेन्ट्का उत्पादनहरु खरीद गर्दा १०० वर्ग फिट सिल्क इलुजन डिजाइनर्स फिनिस स्योर सट उपहार प्राप्त गर्नु भएको थियो र साथसाथै भाग्यशाली गोला प्रथा र डिजिटल प्रतियोगितामा सहभागी भई अन्य आकर्षक उपहारहरु जित्ने अवसर पनि दिइएको थियो ।
योजनामा सहभागी ग्राहकहरुमध्येबाट ५४ जना विजेताहरुको घोषणा प्रत्यक्ष लक्की ड्र बाट गरिएको थियो । जस अनुसार विजेताहरु यसप्रकार रहेका छन्।
लक्की ड्र पुरस्कार पुरस्कार विजेता संख्या विजेताको नाम/ठेगाना
बम्पर पुरस्कार यामाहा एफजेड – २५ १ अर्जुन भट्ट – नारायणघाट
प्रथम पुरस्कार यामाहा फसिनो १२५ एफआई १ भरत शाह – जनकपुर
दास्रो पुरस्कार सामसुङ्ग एस२१ मोवाईल २ भिष्म ओझा – धनगढी
श्री शिव भण्डारी – बुटवल
यसैगरी लक्की ड्र मार्फत् ५० जना विजेताहरुले तेस्रो पुरस्कार अन्तर्गत सामसुङ्ग एम ०२ एस मोबाइल जितेका छन्। डिजिटल कन्टेस्ट अन्र्तगत प्रथम पुरस्कार रु १ लाख र केदार बजगाईले जितेका छन्। दोस्रो पुरस्कार अन्तर्गत दुई जनाले ५० हजार प्रति, तेस्रो पुरस्कारमा ५ जनाले ५ हजार प्रति र २० जनाले रु १० हजार प्रति सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी सुरेस दाहालले पब्लिक च्वाइस अवार्ड अन्र्तगत २५ हजार जितेका छन् ।
बर्जर पेन्ट्स नेपालमा सर्वोत्कृष्ट गुणस्तरको पेन्टहरुका लागि परिचित छ । हाल कम्पनीको भित्री पेन्टहरुमा प्रिमियम लग्जरी फिनिस युक्त सिल्क ब्रेथ इजि, सिल्क ग्ल्यामर, इजि क्लिन फ्रेस, इजि क्लिन जस्ता उत्पादनहरु छन् भने बाहिरी पेन्टको हकमा पियु र नानो सिलिकन प्रविधिमा आधारीत १० वर्ष वारेन्टी युक्त वेदर कोट लङ्ग लाइफ, सबै मौसम अनुकुल ७ वर्ष वारेन्टी युक्त वेदर कोट अल गार्ड, भित्र र बाहिर दुवै सतहमा लगाउन मिल्ने वेदर कोट च्याम्पका साथैसिल्क इलुसन्स, सील–ओ–प्राइम जस्ता नविनतम्उत्पादनहरु ब्जारमा उपलब्ध छन्भने । साथै कम्पनीले स्वचालित मसिनहरु प्रयोग गरी एक्सपी पेन्टिङ्ग सर्भिस मार्फत छिटो, छरितो र सुरक्षित पेन्टिङ्गग सेवा दिंदै आइरहेको छ ।
बर्जर पेन्ट्सले सदैव आफ्ना उपभोक्ताहरुको आवश्यकता प्रति प्रतिबद्धता दर्शाएको छ र आफ्ना उपभोक्ताको सन्तुष्टिको स्तरलाई पूरा गर्न उच्च स्तरका वातावरण मैत्री बाहिरी तथा भित्री पेन्टस्उपलब्ध गराउनका लागि कटिबद्ध भएर लागी पर्दै आएको कारण बर्जर पेन्टस्“नेपालको सबैभन्दा विश्वसनीय पेन्ट कम्पनी”को रुपमा चिनिएकोछ । नेपालमा ग्रीन पेन्टको अवधारणा पहिलो पटक बर्जर पेन्ट्सले नै ल्याएको हो र अहिले पनि आफ्ना उत्पादनहरुमा कुनै किसिमका लेड, मर्करी तथा क्रोमियम जस्ता हानिकारिक तत्वहरु मिसाइएको छैन ।