गभर्नर एमालेको विभाग सदस्य बनेको भन्दै सेयर लगानीकर्ता उत्रिए विरोधमा |
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै शेयर बजारका लगानीकर्ताहरुले प्रदर्शन गरेका छन् ।
नेकपा एमालेको अर्थ तथा वित्तीय विभागमा एम अधिकारीको नाममा गभर्नर अधिकारीलाई समेटिएको भन्दै लगानीकर्ताहरुले उनी विरुद्ध माइतीघरमा प्रदर्शन गरेका हुन् ।
लगानीकर्ताहरुले पूँजी बजार सुधारको लागि बाधक बनेका गभर्नर पार्टीको कार्यकर्ता भएको भन्दै बर्खास्तीको माग गरेका हुन् ।