बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले घट्यो |
काठमाडौं । बुधबार सुनको भाउ २०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, मंगलबार छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो ।
यता, बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला ११ सय ७५ रुपैयाँ कायम रहेको थियो ।
Visited 1 times, 1 visit(s) today