राप्ती हाइड्रोको आइपीओ बिक्री खुला |
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले आज (असार २९ गते) देखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले २३ करोड ६६ लाख २४ हजार रुपैयाँ बराबरको २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो । कम्पनीले यसअघि स्थानीय बासिन्दालाई जारी गर्दा बिक्री नभएको ३७ हजार ६३२ कित्ता सेयर पनि थप गरेर आइपीओ बिक्रीमा ल्याएको हो ।
यसमध्ये ५% अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा साउन १ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै सेयर बिक्री नभएमा साउन ११ गतेसम्म सेयर भर्न सक्ने कम्पनीको भनाई छ ।