डिसहोम झन्डै लाखको क्लबमा पुग्दा सिजी नेटका २२ हजार मात्रै ग्राहक |
काठमाडौं । दुई ठूला व्यवसायीक घरानासँगै इन्टरनेट सेवामा प्रवेश गरेपनि आक्रामक ग्राहक संङ्ख्यामा बढाउनेमा भने डिसहोम अघि देखिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्टका अनुसार चौधरी समुहको सिजी नेट भन्दा आईएमई समुहको डिसहोम फाइबर नेटलाई सेवाग्राहीले रुचाएको पाइएको हो ।
चौधरी समुह र आईएमई समुह झन्डै झन्डै एउटै समयमा नेपालको इन्टरनेट उद्योगमा सेवा दिने घोषणा गरेका थिए । डिसहोमले भन्दा आक्रमक पपुलिस्ट प्याकेज ल्याएर इन्टरनेट सेवा दिन सुरु गरेको सिजी नेटले अहिलेसम्म २२ हजार ग्राहक बनाउन सफल भएको छ ।
सिजि नेटले पहिले पटक इन्टरनेट सेवा सुरु गर्दा ९९९ रुपैयाँमै ३०० एमबीपीएस इन्टरनेटको घोषणा गरेको थियो । यो कम्पनी सञ्चालनमा आएको झन्डै एक बर्ष भइसकेपनि अपेक्षा अनुसार ग्राहक बढाउन सकेको छैन भने अर्को तर्फ काठमाडौं बाहिर पुग्न सकेको छैन ।
त्यसैगरी, आईएमई समुह अन्तर्गतको डिस होम नेट भने रोजाइमा पर्दै गएको छ । हालसम्म डिस होमले देशैभर ९५ हजार ७ सय ग्राहक बनाएको छ भने काठमाडौं बाहिर पनि ठूलो सञ्जाल बनाइसकेको छ । डिसहोम सिजि नेट आउनुभन्दा केहि समय अगाडि मात्रै सेवा सुचारु गरेको थियो ।
यी दुई कम्पनी ठूला व्यवसायीक घराना अन्तर्गत रहेपनि अपेक्षा अनुसार पुराना इन्टरनेट सेवाप्रदायक कम्पनीलाई भने चुनौती दिन सकेनन् ।
सीजी नेट सार्वजनिक हुँदै गर्दा नेपाली इन्टरनेट बजारमा हलचल मचिएपनि तथ्याङकले भने ग्राहक थप्ने मामलामा सिजिनेटक कमजोर रहेको पुष्टि गर्छ । डिसहोम भने लाख ग्राहक पुर्याउने क्लबमा प्रवेश गर्ने तयारीमा छ ।
हाल नेपालमा ठूलो व्यवसायीक घराना इन्टरनेट उद्योगमा आएपनि नेपालमा इनटरनेटको मुल्य र गुणस्तरमा कुनै सुधार देखिएको छैन । सुरुमा पपुलिस्ट प्याकेज ल्याएपनि पछि महङ्गा प्याकेज सार्वजनिक गर्न सेवाप्रदायक कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा कायम छ ।
अहिले नेपालमा सबैभन्दा बढी वल्र्डलिंकको ग्राहक धेरै छन । वल्र्डलिंकले हालसम्म ६ लाख बढी ग्राहक बनाएको छ भने टेलिकक, सुबिसु, क्लासिकटेक, भयानेट अहिले नेपाली बजारमा चलेका इनटरनेट सेवाप्रदायकमा पर्छन ।