योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न नविल बैंक सहित ७ कम्पनीलाई अनुमति |
काठमाडौं । नेपाल धितोपत्र बोर्डले योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने कम्पनीको थप सूची सार्वजनिक गरेको छ ।
बोर्डले असार २२ गते थप ७ वटा नयाँ कम्पनी थपेर योग्य संस्थागत लगानीकर्ताको सूची सार्वजनिक गरेको हो ।
बोर्डले नविल बैंक,एशियन लाइफ इन्स्योरेन्स, एनआईसी एशिया सेलेक्ट ३०, एनआईसी एशिया फ्येक्सी क्याप फण्ड, मेगा म्युचुखल फण्ड, सनराईज फस्र्ट म्युचुअल फण्ड र सनराईज ब्लुचिप फण्डलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न अनुमति दिएको हो ।
योसँगै संस्थागत लगानीकर्ताको रुपमा काम गर्न पाउने योग्य संस्थाको संख्या ११६ वटा पुगेको छ ।