अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन |
काठमाडौं । अर्थमन्त्री बन्ने वित्तिकैदेखि विवादमा रहेका जनार्दन शर्माले व्यापारीको निर्देशनमा बजेटमा मार्फत करका दरमा गरेको घोटालाका विषयमा छानबिन गर्न संसदीय समिति गठन भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अर्थमन्त्रीले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूलाई सहभागी गराई करका दर हेरफेर गरेको आरोपमा छानबिन गर्न संसदीय विशेष समिति गठन भएको हो ।
समितिमा सांसदहरु खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो र सुरेन्द्र यादव रहेका छन् ।
बजेट बनाउँदा एकजना पूर्व नायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको अर्थमन्त्रीलाई आरोप छ । त्यस्तै, बजेट आउनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज डिलिट भएको अर्थमन्त्रालयले भनेपछि अर्थमन्त्री शर्माविरुद्ध व्यापक विरोध भइरहेको छ ।