महालक्ष्मी विकास बैंक आफ्नै भवनबाट सेवा सञ्चालन गर्ने तयारीमा |
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्ने उद्धेश्यका साथ केन्द्रिय कार्यालयकालागि काठमाडौंमा अवस्थित चक्रपथसँग जोडिएको वा चक्रपथ भित्रको घर वा जग्गा खरिद गर्ने भएको छ ।
आफ्ना ग्राहकहरुलाई सुविधा सम्पन्न भवनबाट बैकिङ्ग सेवा प्रवाह गर्ने अभिप्रायका साथ बैंकले महाराजगंज, बालुवाटार, लाजिम्पाट, नक्साल, कमलपोखरी, विशालनगर, अनामनगर, दरबारमार्ग, कान्तिपथ, पुतलीसडक, कमलादी, नागपोखरी, गैह्रिधारा, ज्ञानेश्वर, नयाँबानेश्वर लगायतका क्षेत्रमा घर वा जग्गा खरिदका निमित्त बैंकले बोलपत्र समेत अह्रवान गरिसकेको छ । जग्गा कम्तिमा २ रोपनी देखि ४ रोपनीसम्म फैलिएको र घर कम्तिमा ३०,००० वर्ग फिट क्षेत्रफल रहेको र पर्याप्त पार्किङ्ग सुविधा भएको हुनुपर्ने बैंकले जनाएको छ ।
यस बैंककाे प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु तथा करिब ६ लाख ग्राहकहरु रहेका छन् ।