सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप |
काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि सो शेयर निष्काशन गरेको हो।
सो आईपीओमा अब असार २४ गतेसम्म आवेदन दिन सकिनेछ। आईपीओमा प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट हाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौँबाट आवेदन दिन सकिनेछ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।