नागरिक स्टक डिलरलाई थप सूचीकृत कम्पनीको सेयर कारोबार गर्न नेप्सेको स्वीकृति |
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नागरिक स्टक डिलरलाई थप सूचीकृत कम्पनीहरुको सेयर कारोबार गर्न स्वीकृति दिएको छ । नेप्सेले बुधबार सूचना जारी गर्दै डिलरको माग बमोजिम थप सूचीकृत कम्पनीहरुको सेयर कारोबार गर्न स्वीकृति दिइएको नेप्सेले जानकारी गराएको छ । हाल नागरिक स्टक डिलरले ३९ वटा सूचीकृत कम्पनीहरुको सेयर मात्र कारोबार गर्दै आएको छ ।
जसमा सूचीकृत सबै वाणिज्य बैंक, ७ विकास बैंक, ४ लघुवित्त कम्पनी, होटल तथा पर्यटन समूहको १ र अन्य समूहको पनि १ कम्पनीको सेयर मात्रै कारोबार गर्दै आएको छ । नेप्सेको स्वीकृतिपछि अब डिलरलृ धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ मा उल्लेखित व्यवस्था बमोजिम थप कम्पनी छनौट गरेर सेयर कारोबार गर्न सक्नेछ ।