भन्सार एजेन्टमा छानिए ६६० जना |

काठमाडौं । लोक सेवा आयोगको परीक्षाको माध्यमद्वारा ६६० जना भन्सार एजेन्टको इजाजतका लागि छनौट भएका छन्। बुधबार भन्सार विभागले भन्सार एजेन्टको नतिजा सार्वजनिक गरेको हो।
यसअघि पटक-पटक स्थगित हुँदै आएको भन्सार एजेन्टको परीक्षा गत वैशाख १७ गते भएको थियो।
निर्वाचन आयोगले परीक्षाफल निर्वाचन आचार संहिता लागू हुने समय सकिएपछि प्रकाशित गर्ने गरी परीक्षा गर्न सहमति दिएपछि ६६० भन्सार एजेन्टको परीक्षा वैशाख १७ गते भएको थियो।
अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभाग त्रिपुरेश्वर भन्सार एजेन्टको इजाजतपत्रका लागि विभागले ०७७ चैत १६ मै दरखास्त आह्वान गरेको थियो। सुरूमा कोरोना र पछि विभिन्न कारण देखाउँदै परीक्षा स्थगित भइरहेको थियो।
गत वैशाख १७ मा परीक्षा भएपछि आज बुधबार यसको नतिजा सार्वजनिक भएको छ।
आधिकारिक रूपमा छनौट भएका भन्सार एजेन्टले भन्सारमा पैठारी तथा निकासी हुने मालवस्तुको पैठारी तथा निकासी कर्ताकोतर्फबाट मालवस्तुको घोषणा गर्न सक्नेछन्। भन्सार एजेन्टले यसबापत शेवा शुल्क लिन सक्नेछन्।
हेर्नुहोस् विभागद्वारा सार्वजनिक नतिजाः