कामना सेवा विकास बैंकद्वारा १७ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन |
काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले सोमबारबाट कपिलवस्तु को बुद्धभूमि नगरपालिका वडा नं. १ स्थित पथरकोटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
बुद्धभूमि नगरपालिका वडा नं. १ पथरकोट स्थित इन्द्र जनरल स्टोर्स् (प्रो. इन्द्र मणि बेलबासे) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
वडा नं. १ का वडा अध्यक्ष तिलक बहादुर बस्नेतले उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।