रोहिंग्या मुसलमान देशको लागि खतरा : विहिप नेपाल |
काठमाडाैं । काठमाडौँस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर) अगाडी रोहिंग्या मुसलमानहरूले गरेको बिरोध प्रदर्शनप्रति विश्व हिन्दू परिषद नेपालको गम्भिर ध्यानाकर्षण भएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै परिषद्ले रोहिंग्या मुसलमानहरू शरणका लागि जुन देशमा गए पनि त्यहाँ उनलाई आन्तरिक सुरक्षाका लागि खतराको रूपमा देखिदैँ आएको जनाएको छ ।
परिषद्का महासचिव जितेन्द्र कुमार सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ “रोहिंग्या मुसलमानहरूमाथि आतंकवादीहरूसँग साँठगाँठको आरोप समेत लाग्दै आएको छ, त्यसकारण इस्लामिक देशहरूले समेतले पनि यिनलाई शरण दिन अस्वीकार गर्दै आएको छ।”
रोहिंग्या मुसलमान आतंकवादी संगठनहरूको प्रभावमा सजिलै आउन सक्ने सम्भावना प्रवल रहेको हुन्छ । पाकिस्तानबाट सञ्चालित आतंकवादी समूहले यिनलाई आफ्नो प्रभावमा लिन प्रयासरत रहेको समाचार विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरूले पटक–पटक देखाउँदै आएको परिषद्को दावी छ ।
राजधानी काठमाडौँ कपन लगायतका ठाउँमा अवैध रूपमा रहदै आएका रोहिंग्या लगायतका मुसलमानहरू नेपालको आन्तरिक सुरक्षाका निम्ति पनि खतरा रहेको परिषद्को भनाइ छ ।
देशको सुरक्षालाई प्राथमिकतामा राख्दै रोहिंग्या लगायतका गैर कानुनी रूपमा बस्दै आएका मुसलमानहरुलाई छिटो भन्दा छिटो देश निकाला गरियोस साथै गैर–कानुनी रूपमा यस्ता समूहलाई नेपाल प्रवेश गराउने एवं संरक्षण गर्नेमाथि समेत यथाशिघ्र छानबिन गरी कानुनी कारवाही गर्न परिषदले आग्रह गरेको छ ।
Visited 1 times, 1 visit(s) today