बुढीगण्डकी जलविद्युत आयोजना कम्पनी मोडेलमा बन्ने |

काठमाडाैं । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने गरी कम्पनी खोल्न स्वीकृत दिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले कम्पनी खोल्नका लागि प्रस्ताव मन्त्रीपरिषदमा पेस गरेको थियो। चैत २४ मा बसेको मन्त्रिपरिषदको बैठकले बुढीगण्डकी चिनियाँ कम्पनी गेजुवासँग खोस्ने निर्णय गरेको थियो ।
मन्त्रीपरिषदले कम्पनी खडा गर्नका लागि स्वीकृति दिएसँगै अब आयोजना स्वदेशी लगानीमै कम्पनी मोडेलमा बनाउनका लागि बाटो खुलेको हो।