एओएन हटाउने र ब्रोकरलाई शाखा विस्तार गर्न दिने निर्णय |

काठमाडाैं । लगानीर्ताको आन्दोलनपछि बनेको कार्यान्वयन समितिको पहिलो बैठक आइतबार बसेको छ। आइतबार बसेको समितिको बैठकले ३ वटा मुख्य निर्णयहरु गरेको छ।
कार्यान्वयन समितिको बैठकले ब्रोकर कम्पनीहरुको शाखा विस्तार गर्न दिने निर्णय गरेको छ। शाखा विस्तारको लागि बोर्डमा आवेदन दिएका ब्रोकर कम्पनीहरुलाई शाखा विस्तारको अनुमति दिने निर्णय भएको कार्यन्वयन समितिका सदस्य रोहन कार्किले बताए। "धितोपत्र बोर्डमा निवेदन दिइसकेका र शाखा पनि बनाइसकेका ब्रोकरलाई शाखा विस्तारकाे अनुमति दिने निर्णय भएको छ।" उनले भने।
त्यसैगरी एओएन हटाउने निर्णय समितिले गरेको छ। अहिले खरिदतर्फ मात्रै एओएनको व्यवस्था रहेकोमा अब खरिद र बिक्री दुबैतर्फ एओएन हटाउने निर्णय भएको उनले बताए। "दुबैतिर राख्ने कि हटाउने भन्ने विषयमा छलफल भएको थियो। अन्त्यमा दुबैतिर हटाउने कुरामा सहमति भएको छ।" कार्किले भने।