मन्त्रालयको बिदाइ कार्यक्रममा रुँदै र हाँस्दै बाहिरिन् झाँक्री |
काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री रुँदै र हाँस्दै मन्त्रालयबाट बाहिरिएकी छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनी निकै भावुक देखिइन् ।
त्यसक्रममा उनी कतिबेला रुने र कतिबेला हाँस्ने समेत गरिन् । जिम्मेवारी सम्हालेको आठ महिना २० दिन पछि जिम्मेवारी छाडेर मन्त्रालयबाट बाहिरिएकी हुन् ।
छोटो प्रतिक्रिया दिएकी एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँक्रीले गत चैतमा नै मन्त्री फेर्न चाहेको थाहा पाएपछि पूर्व जानकारी दिन आग्रह गरेको बताइन् ।
तर चुनाव समीक्षाका लागि बोलाएको बैठकले मन्त्री फेर्ने निर्णय गरेको र सञ्चार माध्यमबाट थाहा पाउनु परेको गुनासो गरिन् । भोलिपल्ट प्रधानमन्त्रीलाई भेटेर के गर्ने भनेर सोधेको र बजेटसम्म काम गर्नु भनेको भन्दै झाँक्रीले भनिन्, ‘आफूले बनाएको बजेटको बचाउ गर्ने रहर थियो । आफूले गरेको काम भन्ने र स्थापित गर्ने रहर थियो ।’
Visited 1 times, 1 visit(s) today